करिब २२ प्रतिशतले बढ्यो राष्ट्र बैंकको नाफा, ३७ अर्ब सरकारलाई दिने

 



काठमाडौं । नेपाल राष्ट्र बैंकको नाफा करिब २२ प्रतिशतले बढेको छ । अघिल्लो वर्षको तुलनामा राष्ट्र बैंकको नाफा २१.९६ प्रतिशतले बढेको हो ।



‘आर्थिक वर्ष २०८०/८१ को विदेशी विनिमय तथा अन्य सम्पत्ति पुनर्मूल्याङ्कन लाभ/हानि समायोजन अघिको खुद आय अघिल्लो वर्षको तुलनामा २१.९६ प्रतिशतले वृद्धि भई रु ७३ अर्ब ७६ करोड २३ लाख २१ हजार कायम भएको छ’, बैंकले सार्वजनिक गरेको वार्षिक प्रतिवेदनमा उल्लेख छ ।



त्यस्तै, राष्ट्र बैंकले ३७ अर्ब रुपैयाँभन्दा बढी रकम सरकारलाई दिने भएको छ । बैंकको खुद मुनाफाबाट विभिन्न आवश्यक कोषहरूमा छुट्ट्याउनु पर्ने रकम विनियोजन गरी बाँकी बचत रकम रु.३७ अर्ब २२ करोड ३८ लाख २१ हजार नेपाल सरकारलाई उपलब्ध गराउने बैंकको सञ्चालक समितिको बैठकले निर्णय गरेको छ ।

9804749379 

गत असार मसान्तको वित्तीय अवस्थाको विवरणअनुसार यस बैंकको सम्पत्ति तथा दायित्व २०८० असार मसान्तको तुलनामा ३०/१५ प्रतिशतले वृद्धि भई रु.२० खर्ब ६७ अर्ब २ करोड ४३ लाख ७८ हजार कायम भएको छ ।



त्यसैगरी, आर्थिक वर्ष २०८०/८१ मा रु.१० अर्ब २९ करोड बराबरको विदेशी लगानी र रु.५८ अर्ब ९६ करोड बराबरको विदेशी ऋणको लेखाङ्कन भएको उक्त प्रतिवेदनमा उल्लेख छ ।

Post a Comment

0 Comments