सप्तरी | आज हनुमननगर कन्कालिनी नगरपालिका मा बसेको बैठकले लामो समयदेखि आन्दोलन गरिरहेको शिक्षक र कर्मचारी हरू को माग सम्बोधन को लागि निम्नलिखित सहमति भएको छ |
निर्णय नं. १
हनुमाननगर कंकालिनी नगरपालिकामा मिति २०८१।०६।२९ गते वाडा मा लगाईएको तालाबन्दी सम्बन्धमा र अध्यक्षहरु प्रति भएको व्यवहार सम्बन्धमा ताला लगाउने पक्षले सो ताला लगाईएको कार्यले नागरिकमा पर्न गएको असुविधा प्रति क्षमा याचना गर्दै आइन्दा यस्तो कार्य नगर्ने प्रतिबद्धता सहित आजकै मितिबाट वडा कार्यालयको ताला खोली सेवा प्रवाह सुचारु गर्ने
निर्णय नं. २
बाढी प्रभावितको सन्दर्भमा भईरहेको राहत वितरणमा गलत मनसायले भएको दोहोरिएको वा आफ्नो मानिसलाई वितरण भएको गुनासो सम्बोधनको लागि WFP. सोही नगरपालिकाका सरोकारवाला पक्ष समेतको प्रतिनिधित्वमा छानविन तथा पुनः यकिन गरी वितरण गर्ने ।
निर्णय नं. ३
नगर प्रमुख र वडा अध्यक्षको रोहवरमा ताला बन्दी खोली वडा कार्यालय र पालिकाको सेवा सुचारु गर्दै १० (दश) दिन भित्र नगरसभा गरी राष्ट्रसेवक कर्मचारीको तलब भत्ता बितरण गर्ने ।
नगर प्रमुख
आज मिति २०८९१०७/२७ गते प्रमुख जिल्ला अधिकारी श्री भोला दक्षतामा नगर प्रमुख जिल्ला स्थित सुरक्षा निकायहरु र वडा अध्यक्षहरुको उपस्थितिमा मिति २०७४।०६।२५ गते देखि नगरपालिकाका विभिन्न वडाहरुमा लगाईएको ताला खुलाउने सम्बन्धमा छलफल गर्न बसेको बैठकमा तपशिल बमोजिम उपस्थिति रहयो ।
![]() |
निर्णय को प्रतिलिपि |
![]() |
निर्णय को प्रतिलिपि |
0 Comments