विधापति स्मृति पर्व : राजविराजमा मैथिली भेषभूषासहितकाे झाँकी प्रदर्शन

 

सप्तरी। मैथिली महाकवि विद्यापति स्मृति पर्वको अवसरमा सप्तरी सदरमुकाम राजविराजमा आज मैथिली भेषभुषासहितको झाँकी प्रदर्शन गरिएको छ ।


मैथिली साहित्य परिषद् सप्तरीले प्रत्येक वर्ष महाकवि विद्यापति स्मृति दिवसको अवसरमा झाँकी, कवि गोष्ठी तथा अन्तरक्रिया आयोजना गर्दै आएको छ ।


स्थानीय सामुदायिक माध्यमिक विद्यालयको मैदानबाट मैथिली पहिरन, भेषभुषा, गोरु र हलोलगायत कृषि औजारसहित निकालिएको झाँकी राजविराजका विभिन्न स्थानमा प्रदर्शन गरिएको थियो ।


मैथिली साहित्य परिषद्का अध्यक्ष अवधेशकुमार झाले यस वर्षको विद्यापति स्मृति दिवस मैथिली भाषाको संरक्षण र सरकारी कामको भाषा मैथिली होस् भन्ने उद्देश्यले मनाइएको जानकारी दिनुभयो ।


त्यसैगरी स्मृति दिवसको अवसरमा आयोजित कवि गोष्ठीका वक्ताहरूले मातृभाषा मैथिलीको संरक्षण र प्रवर्द्धनमा जोड दिँदै बनौलीको संरक्षणमा विद्यापति स्मृति पार्कसहित सङ्ग्रहालय निर्माण गर्न मधेस प्रदेश सरकारको ध्यानाकर्षण गराए । सप्तरी जहाँ महाकवि विद्यापति बस्थे ।


झाँकीमा मैथिली भाषा अभियन्ता, विद्यार्थी, ओम शान्तिका अनुयायी तथा सरकारी अधिकारीहरुको सहभागिता रहेको थियो ।

News Biratnagar 


Post a Comment

0 Comments