दोहा । राष्ट्रपति रामचन्द्र पौडेल कोप-२९ मा सहभागी हुन अजरबैजान जाने क्रममा आइतबार राति कतार आइपुगेका छन् ।
बाकुमा सोमबारदेखि हुने जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्र संघीय संरचना महासन्धि पक्ष राष्ट्रहरुको २९ औँ सम्मेलन (कोप–२९) मा उच्चस्तरीय नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै भाग लिन जाने क्रममा राष्ट्रपति पौडेल कतार आइपुगेका हुन् ।
उनलाई यहाँस्थित विमानस्थलमा कतारका लागि नेपालका कार्यवाहक राजदूत कुमार राईलगायत दूतावासका कर्मचारीले स्वागत गरे ।कोप –२९ अन्तर्गतको सम्मेलनमा राष्ट्रपति पौडेलले उच्चस्तरीय सत्रको ‘विश्व नेताहरू जलवायु कार्य शिखर सम्मेलन’लाई सम्बोधन गर्ने कार्यक्रम छ ।
सम्मेलनका क्रममा नेपालले आफ्ना एजेण्डामाथि विश्वको ध्यानाकर्षण गराउन कात्तिक २८ गते राष्ट्रपति पौडेलको नेतृत्वमा बेग्लै उच्चस्तरीय सत्र सञ्चालन हुनेछ ।
यही कात्तिक २६ गतेबाट शुरु हुने सम्मेलन आगामी मंसिर ७ गतेसम्म चल्नेछ ।
0 Comments