![]() |
हनुमाननगर कंकालिनी नगरपालिकामा, मुख्य गेटमा तालाबन्दी |
सप्तरी, हनुमाननगर कंकालिनी नगरपालिका – चार महिनादेखि तलब र एक महिनाको चाडपर्व खर्च नपाएको गुनासो गर्दै हनुमाननगर कंकालिनी नगरपालिकाका शिक्षक-शिक्षिकाहरूको आन्दोलन तिहार र छठ बिदा पछि थप चर्किएको छ। आफ्नो मागको सुनुवाइ नभएको भन्दै शिक्षकहरूले नगरपालिकाको मुख्य गेटमा तालाबन्दी गरेका छन्।
यसअघि पनि शिक्षक-शिक्षिकाहरूले नियमित तलब र चाडपर्व खर्च उपलब्ध गराउन नगरपालिकालाई ज्ञापनपत्र बुझाएका थिए। तर कुनै ठोस पहल नभएको भन्दै शिक्षक-शिक्षिकाहरू असन्तुष्ट छन्। एक शिक्षकले भने, "चार महिनादेखि तलब नपाउँदा आर्थिक समस्या परेको छ। बक्यौता रकम र चाडपर्व खर्च नआउँदा परिवारसँग चाडपर्व मनाउन समेत कठिनाइ भयो।"
तालाबन्दीसँगै शिक्षक-शिक्षिकाहरूले समस्या समाधान नभएसम्म आन्दोलन जारी राख्ने चेतावनी दिएका छन्। नगरपालिकाका अधिकारीहरूले समस्या समाधानका लागि पहल गरिरहेको र चाँडै बक्यौता रकम उपलब्ध गराउने आश्वासन दिएका छन्, तर शिक्षक-शिक्षिकाहरूले तत्काल ठोस कदमको माग गरेका छन्।
0 Comments