सप्तरीको भारदहमा भीषण मोटरसाइकल दुर्घटना: एकको मृत्यु, दुई गम्भीर घाइते

अभिनन्दन मिश्र, सप्तरी, असार ८
सप्तरीको भारदह क्षेत्रमा आज बिहान भएको भीषण मोटरसाइकल दुर्घटनामा एक जनाको घटनास्थलमै मृत्यु भएको छ भने दुई जना गम्भीर घाइते भएका छन्।



जिल्ला प्रहरी कार्यालय सप्तरीका अनुसार दुर्घटना बिहान करिब ५:५० बजे कंकालिनी मन्दिरदेखि करिब १ किलोमिटर उत्तरतर्फ भएको हो।

को–१०–प–५६२ नम्बरको मोटरसाइकल र बा–५५–प–६६३९ नम्बरको मोटरसाइकल एकआपसमा ठोक्किँदा दुर्घटना भएको हो।

बा–५५–प–६६३९ नम्बरको मोटरसाइकलमा सवार शम्भुनाथ नगरपालिकाका अभिनाश मण्डलको घटनास्थलमै मृत्यु भएको पुष्टि गरिएको छ।

त्यस्तै, को–१०–प–५६२ नम्बरको मोटरसाइकलमा सवार बैरवा निवासी ओमप्रकाश पंजियारसुभाष महतो गम्भीर घाइते भएका छन्।

घाइतेलाई थप उपचारका लागि सगरमाथा अञ्चल अस्पताल, राजविराज पठाइएको प्रहरी स्रोतले जानकारी दिएको छ।

दुर्घटनाको थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय, सप्तरीले जनाएको छ।


थप अपडेटका लागि News Biratnagar 24 सँग जोडिनुहोस्।

Post a Comment

0 Comments