काठमाडौं, असार ८ –

सुर्खेतबाट खाली खुट्टा हिँडेर काठमाडौं आएका अभियानकर्मी नवराज बोहराले आइतबार प्रधानमन्त्री केपी शर्मा ओलीसँग बालुवाटारमा भेट गरेका छन्।

उनी आफ्ना सामाजिक अभियानका सन्देश बोकेर राजधानीसम्म आएका थिए, जुन यात्रालाई धेरैले प्रेरणादायी मानेका छन्।

भेटका क्रममा प्रधानमन्त्री ओलीले बोहराको साहसको प्रशंसा गर्दै भने, “पवित्र भावका साथ अभियान चलाउनुहोस्, तर शरीरलाई धेरै दुःख नदिनुहोस्। स्वास्थ्य र परिवारको पनि ख्याल राख्नु आवश्यक छ।

भेटपछिको प्रतिक्रियामा नवराज बोहराले भने, “अब म जुत्ता लगाउँछु, दाह्री काट्छु र नयाँ स्वरुपमा अघि बढ्नेछु।

उनको यो साहसिक यात्रा र सन्देशले सामाजिक रूपान्तरणमा जनताको भुमिका कति महत्वपूर्ण हुन सक्छ भन्ने कुरा देखाएको छ।

#newsbiratnagar #NabarajBohora #Baluwatar #PMOli #SocialCampaign