अर्नमामा युवकको हत्या, घाँटीमा लुगा बेरिएको अवस्थामा शव फेला



सिराहा, असार १४—

सिरहा जिल्लाको अर्नमा गाउँपालिका–१ मा एक युवकको हत्या गरिएको अवस्थामा शव फेला परेको छ। स्थानीय रामसेवक महराका करिब ३० वर्षीय छोरा अजय महराको शव शनिबार बिहान घर अगाडि भेटिएको जिल्ला प्रहरी कार्यालय सिरहाले जनाएको छ।


स्थानीयवासीका अनुसार अजय महरालाई कुटपिट गरी घिसारेर हत्या गरिएको आशंका गरिएको छ। शवको घाँटीमा लुगा बेरिएको अवस्थामा भेटिएकाले घाँटी थिचेर हत्या गरिएको अनुमान गरिएको छ। घटनास्थलमा ठूलो संख्यामा स्थानीयवासीको भीड लागेको छ।


घटनाको जानकारी पाएपछि जिल्ला प्रहरी कार्यालय सिरहाबाट प्रहरी टोली घटनास्थल पुगेको थियो। सिरहा प्रहरीका प्रवक्ता डिएसपी बिरेन्द्र पासवानले अजय महराको शव फेला परेको पुष्टि गर्दै मृत्युको कारणबारे थप अनुसन्धान भइरहेको बताए। उनले घटनामा संलग्नलाई पहिचान गरी कानुनी कारबाही अघि बढाउन प्रहरी सक्रिय रहेको जानकारी दिए।

Post a Comment

0 Comments