इनरुवा, साउन २६ – सुनसरीको भोक्राहा नरसिंह गाउँपालिका–३ स्थित जमुवा टोलमा सोमबार बिहान बस र माइक्रोबस एक आपसमा ठोक्किँदा भएको दुर्घटनामा तीन जनाको ज्यान गएको छ भने १५ भन्दा बढी घाइते भएका छन्।
दुर्घटना पूर्व–पश्चिम लोकमार्गमा काकडभिट्टाबाट दिक्तेलतर्फ जाँदै गरेको मे १ ख १७९९ नम्बरको बस र प्र.२९०१९००१ ज ००४७ नम्बरको माइक्रोबस विङ्गर ठोक्किएपछि भएको हो। घाइतेमध्ये केहीको अवस्था गम्भीर रहेको बताइएको छ।
सुनसरीका प्रहरी नायब उपरीक्षक (डीएसपी) योगराज खतिवडाका अनुसार मृतकहरूको परिचय खुल्न बाँकी छ। घाइतेहरूलाई उपचारका लागि तत्काल बिराटनगरस्थित विभिन्न अस्पतालहरूमा पठाइएको छ।
दुर्घटनाको कारणबारे अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ।
0 Comments